कुवेतमा सवारी दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइने

नेपालभ्युज

कुवेतमा सवारी दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइने
तस्वीर - बायाँबाट क्रमश: सुजन कार्की, धिरज गुर्मछाने मगर, सुरतबहादुर कडायत

काठमाडौं । कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल ल्याइने भएको छ । पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल ल्याउन लागिएको कुवेतस्थित नेपाली राजदुतावासले जनाएको छ  ।

मंगलबार बिहान महबुला शहरको सिसाइड रोडमा कारको ठक्करबाट काठमाडौंको सानो भर्‍याङ्गका सुजन कार्की, अछामको पन्चदेवल विनायक नगरपालिका ५ का सुरतबहादुर कडायत, धनुषाका धिरज गुर्मछाने मगरको मृत्यु भएको थियो । उनीहरु पापाजोन कम्पनीमा कार्यरत थिए ।

हवालीमा बस्दै आएका कार्की र मगर सोमबार राति महबुला बस्ने साथी कडायतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत साथीहरुलाई बस चढाउन आएका थिए । सोही क्रममा कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved