अर्थमन्त्रीलाई विष्णु पौडेलको सुझाव – ‘शब्दको भीड’ भएको बजेटका सिद्धान्त पुनःलेखन गर्नुस्

नेपालभ्युज

अर्थमन्त्रीलाई विष्णु पौडेलको सुझाव – ‘शब्दको भीड’ भएको बजेटका सिद्धान्त पुनःलेखन गर्नुस्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकतालाई पुनःलेखन गर्न सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई यस्तो सुझाव दिएका हुन् ।

अर्थमन्त्री पुनलाई निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको प्रस्तावलाई सांसदमा भएको छलफल र सांसदहरुको धारणाको आधारमा पूर्णरुपमा परिमार्जन गर्न आग्रह गरे ।

उनले अघिल्ला अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथामिकतलाई कानूनी र व्यवहारिक समस्याले संसदमा छलफल गर्नुपरेको बताए ।

पौडेलले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने अर्थमन्त्री नभएपछि वर्तमान अर्थमन्त्रीले पुन: बजेटका सिद्धान्त र प्राथामिकता पस्तुत गर्न पाउनुपर्ने आशय व्यक्त गरे ।

बजेटका सिद्धान्त र प्राथामिकतलाई देशका समस्या समाधान हुनेगरी परिवर्तन गर्न उनले अर्थमन्त्रीलाई सुझाव दिएका हुन् ।

उनले अघिल्ला अर्थमन्त्री महतले पेस गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकता ‘शब्द र वाक्यको भीड मात्रै’ भएको बताए ।

बजेटको सिद्धान्त र प्राथामिकता परिमार्जन नगरेसम्म समर्थन गर्न लायक नभएको उनले जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved