सन्दीपलाई हदैसम्म कारबाही माग गर्दै सरकारी पक्ष पनि उच्च अदालतमा

नेपालभ्युज

सन्दीपलाई हदैसम्म कारबाही माग गर्दै सरकारी पक्ष पनि उच्च अदालतमा

काठमाडौं । सरकारी पक्षले सन्दीप लामिछानेविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

‘गौशाला २६’ नाबालिग रहेको भन्दै बिहीबार सरकारी पक्षले मुद्दा दर्ता गरेको हो ।

सन्दीप पक्ष बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल पनि उच्च अदालतमा पुगेको हो ।

सरकारी पक्षले सन्दीपलाई नाबालिग बलात्कार अभियोगमा हदैसम्म कारबाही माग गरेर मुद्दा हालेको अदालत स्रोतले बतायो ।

यता, सन्दीप पक्षले भने जिल्ला अदालतले सरकारी कागजातमै नाबालिका रहेको ठहर गरेकोमा पुन: नाबालिग दाबी गर्दै मुद्दा हाल्नु विरोधाभाष भएको बताएको छ ।

फागुन १० गते सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसलामाथि चित्त नबुझेको भन्दै उच्च अदालतमा पुनरावेदन दिएका थिए । मुद्दाको पहिलो पेसी चैत १२ गते तोकिएको छ ।

साथै, सन्दीपलाई अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved