राप्रपा नेपालले काठमाडौंमा आज जनप्रदर्शन गर्दै

नेपालभ्युज

राप्रपा नेपालले काठमाडौंमा आज जनप्रदर्शन गर्दै

काठमाडौं । राप्रपा नेपालले राजधानी काठमाडौंमा आज जनप्रदर्शन गर्दैछ ।

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो । दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन कार्यक्रम राखिएको उपाध्यक्ष तारानाथ लुइटेलले बताए ।

गणतन्त्रको अन्त्य, हिन्दुराष्ट्र र राजासंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी र मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved