तीन प्रदेशमा वर्षा हुने, लुम्बिनी प्रदेशमा भने हावाहुरीको सम्भावना

नेपालभ्युज

तीन प्रदेशमा वर्षा हुने, लुम्बिनी प्रदेशमा भने हावाहुरीको सम्भावना
फाइल तश्वीर

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ । लुम्बिनी प्रदेशका केही स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा आज राति हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ दशमलव २ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved