भाइबर नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत

नेपालभ्युज

भाइबर नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत

काठमाडौं । भाइबर नेपालमा सामाजिक सञ्जालको रूपमा सूचीकृत भएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार भाइबर सूचीकरण भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

निर्देशिकामा उल्लेख भएका सबै शर्त पुरा गरेर भाइबर सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

निर्देशिकाअनुसार नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रूपमा सूचीकरण हुनुपर्ने नियम छ ।

एक लाखभन्दा बढी प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल सञ्चालकलाई नेपालमै कार्यालय स्थापना गरी वा सम्पर्क कार्यालय तथा सम्पर्क व्यक्ति तोक्निुपर्ने नियम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved