कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- नयाँ सन्दर्भमा विश्वासको मत लिँदैछु, यो उथलपुथल नै हो

'सरकारको गियर चेन्ज गर्न गठबन्धन परिवर्तन गर्नुपर्ने भयो'

नेपालभ्युज

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- नयाँ सन्दर्भमा विश्वासको मत लिँदैछु, यो उथलपुथल नै हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सन्दर्भमा विश्वासको मत लिनु नै उथलपुथल भएको बताएका छन् ।

बुधबार जारी प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा उनले यस्तो बताएका हुन् । “फेरि पनि एकपटक नयाँ सन्दर्भमा विश्वासको मत लिँदैछु । यो पनि उथलपुथल नै हो । र, यो मैले एक्लैले गरेको होइन, हामी सबै सहभागी छौँ,” उनले भने ।

यस्तै उनले आफ्नै कारणले कांग्रेसभित्रको आन्तरिक झगडा समाधान भएको दाबी गरे । “तपाईंहरूले त मलाई भिलेन बनाउँदै हुनुहुन्छ । तर, ख्याल गर्नुहोला मेरो कारणले कांग्रेसभित्रको झगडा समाधान हुँदैछ,” उनले भने ।

कांग्रेसको सहयोगमा आफू एकपटक मात्रै प्रधानमन्त्री बनेको तर, माओवादीको सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवा २/२ पटक प्रधानमन्त्री बनेको उनले बताए ।

उनले कांग्रेसले प्रधानमन्त्रीलाई गाली गरेपछि कर्तव्य पूरा भयो भनेर ठानेको प्रधानमन्त्री प्रचण्डले गरेको बताए । आफूले विशेषगरी शक्ति-विन्यासमा ध्यान दिँदै मुलुक निर्माणमा सबै दलहरूको अपनत्वबोध गराएको दाबी गरे ।

“राष्ट्रपति कांग्रेसको पृष्ठभूमिबाट हुनुहुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सभामुख एमालेको, राष्ट्रियसभा अध्यक्ष माओवादीको, उपसभामुख रास्वपाको पृष्ठभूमिबाट हुनुहुन्छ । मेरो यो भूमिकाको समीक्षा गर्नुपर्ला नि ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved