अधिकांस स्थानको मौसम सफा रहने , उच्च भेगमा हिमपात

नेपालभ्युज

अधिकांस स्थानको मौसम सफा रहने , उच्च भेगमा हिमपात

काठमाडौं । पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि समान्य बदली हुने छ भने बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ दशमलव ५ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved