युवतीलाई होटेलमा बेहोस बनाएर २ युवा फरार, युवतीको ज्यान गएपछि युवालाई खोज्दै प्रहरी

नेपालभ्युज

युवतीलाई होटेलमा बेहोस बनाएर २ युवा फरार, युवतीको ज्यान गएपछि युवालाई खोज्दै प्रहरी
प्रतिकात्मक तस्वीर

काठमाडौं । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएपछि सँगै आएका युवाहरूको खोजी भइरहेको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।

रामानन्दचोकस्थित सिटी होटलको कोठामा मंगलबार बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवालले बताए ।

युवतीलाई अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी भइरहेको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved