सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नाउपाका चौधरी बने मन्त्री

नेपालभ्युज

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नाउपाका चौधरी बने मन्त्री

काठमाडौं । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् ।

चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन् ।

उनले थारु भाषामा शपथ लिए ।

यससँगै उन्मुक्तिबाट सरकारमा सहभागि हुने मन्त्रीको सङ्ख्या पाँच पुगेको छ । यसअघि अर्थमन्त्री तथा कृषिमन्त्री र एक राज्यमन्त्रीका रुपमा सरकारमा सहभागि भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved