काम प्रभावकारी बनाउन रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

नेपालभ्युज

काम प्रभावकारी बनाउन रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ । मन्त्रीहरूको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एकपटक छलफल राखिएको रास्वपाले जनाएको छ ।

रास्वपाका चार जना मन्त्री छन् । सभापति रवि लामिछाने गृह, उपसभापति डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

‘पार्टीको एउटा फोर्स मन्त्रालयमा केन्द्रित हुने, एउटा फोर्स संसदमा केन्द्रित गर्न लागेको र अर्को फोर्स पार्टीका अन्य काममा लगाउँदै छौँ,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले भने ।

मन्त्रीसँगको छलफलमा उपसभापति डा. स्वणिर्म वाग्लेलगायत सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved