टेलिभिजनका कलाकार जो काम नगरी कमाउँछन् करोडौं

नेपालभ्युज

टेलिभिजनका कलाकार जो काम नगरी कमाउँछन् करोडौं

काठमाडौं । भारतीय टेलिभिजनको संसारमा केही त्यस्ता कलाकार छन् जो एकरातमै स्टार बनेका थिए ।

अब यी कलाकार लामो समयदेखि पर्दाबाट टाढा छन् । टेलिभिजनमा काम नपाउँदा पनि यी कलाकारहरुको कमाईमा भने कुनै खास असर परेको छैन ।

भारतीय चर्चित टेलिफिल्म ‘कसौटी जिन्दगी की’को नयाँ भागमा मूख्य भूमिकामा देखिएकी एरिका फर्नांडिज अब टीभी तथा भारतबाटै टाढा दुबई सिफ्ट भइसकेकी छन् । उनी दुबईमा काम गर्छिन् । जहाँ उनले राम्रो कमाई पनि गर्छिन् ।

‘ये हैं मोहब्बते’ टेलिफिल्म सकिएपछि दिव्यांका त्रिपाठी पनि पर्दाबाट बाहिर छन् । सोही टेलिफिल्मका करण पटेल पनि उक्त टेलिफिल्म सकिएपछि खासै अन्य टेलिफिल्ममा देखिएका छैनन् ।

चर्चित शो ‘दीया और बाती हम’ का मुख्य कलाकार अनस राशिद अब खेतीपाती गर्न थालेका छन् । जहाँ उनले अझै राम्रो कमाई गरिरहेका छन् ।

त्यस्तै, विभिन्न चर्चित टेलिफिल्ममा देखिएकी रश्मी देसाई पनि अहिले कुनै टेलिफिल्ममा देखिएकी छैनन् । पछिल्लोपटक उनी रियालिटी शो बिगबोसमा देखिएकी थिइन् । अहिले उनी विज्ञापन तथा अन्य माध्यमबाट राम्रो कमाई गरिरहेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved