नयाँ गठबन्धन मिसन–८४ का लागि उपयोग गर्छौं : ईश्वर पोखरेल

नेपालभ्युज

नयाँ गठबन्धन मिसन–८४ का लागि उपयोग गर्छौं : ईश्वर पोखरेल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समिकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिहरुले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको काँग्रेस नेतृत्वको अपराधिक गठबन्धन टुटाएर नयाँ समिकरण बनाउन आफूहरु सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि बताए ।

शनिवार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२औं अधिवेशनमा बोल्दै उनले नयाँ सत्ता समिकरणलाई पनि मिसन–२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताए ।

उनले नयाँ सत्ता समिकरणमार्फत् मुलुकको बेथितितर्फ गईरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारबिरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved