कोशी र गण्डकी प्रदेशमा हिमपात, अधिकांस स्थानको मौसम सफा रहने

नेपालभ्युज

कोशी र गण्डकी प्रदेशमा हिमपात, अधिकांस स्थानको मौसम सफा रहने

काठमाडौं । पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ दशमलव २ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved