भीडभाड भएको ठाउँमा जान डर लाग्छ ? जानौं यो एन्जाइटी डिसअर्डरबारे

नेपालभ्युज

भीडभाड भएको ठाउँमा जान डर लाग्छ ? जानौं यो एन्जाइटी डिसअर्डरबारे

एजेन्सी । डर एउटा यस्तो भावना हो जसलाई मानिसले कुनै न कुनै समयमा अवश्य महसुस गरेको हुन्छ । मानिसलाई फरक फरक चिजहरुसँग डर लाग्छ । कोही पानीसँग डराउँछन् भने कोही उचाईंसँग डराउँछन् ।

त्यस्तै कतिपय हुन्छन्, जसलाई भीडभाड भएको ठाउँमा जान डर लाग्छ । आत्तिएको महसुस हुन्छ । यदी यो डर नियन्त्रण भन्दा बाहिर छ भने तपाईं एकप्रकारको एन्जाइटी डिसअर्डरबाट गुज्रिरहनु भएको छ ।

यस एन्जाइटी डिसअर्डरको नाम हो ‘एगोराफोबिया’। यो डिसअर्डरले पीडित व्यक्तिहरु खासगरी भीड भएको सार्वजनिक स्थलहरु जस्तै मल, सुपरमार्केट, पार्टी, सिनेमा हल आदि जस्ता स्थानहरुमा जाँदा डराउने तथा आत्तिने गर्छन् । भीड भएको स्थानमा घाँटी सुक्ने, मुटुको धड्कन तीव्र हुने, स्वासको गति बढ्ने, धेरै पसिना आउने तथा हातखुट्टा चिसो हुने जस्ता समस्याहरु देखिन्छन् ।

यो डर कतिपय अवस्थामा यति बढ्छ कि त्यो व्यक्तिलाई प्यानिक अट्याक समेत आउने गर्छ । यदी सही समयमै यसमा ध्यान दिइएन भने यो समस्या पछि गएर ठूलो मानसिक विमारी जस्तै डिप्रेशन, सामाजिक एन्जाइटी, प्यानिक अट्याकको कारण बन्न सक्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved