पीएसजी र बार्यन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नेपालभ्युज

पीएसजी र बार्यन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं ।  पेरिस सेन्ट जर्मेन (पिएसजी) र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम आठमा पुगेको हो ।

खेलमा केलियन एमबाप्पेले दुई गोल गरेका थिए । रियलका लागि मारिनोले अन्तिम चरणमा सान्त्वना गोल फर्काए ।

गएराति नै भएको अर्को खेलमा बायर्न म्युनिखले लाजियोलाई ३–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । ह्यारी केनको दुई गोलको मद्दतमा बायर्न म्युनिखले लाजियोविरुद्धको पहिलो लेगको हारलाई उल्टाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved