कांग्रेसका कारण गठबन्धन तोड्नुपरेको भन्ने प्रचण्डको भनाई गलत : कांग्रेस

नेपालभ्युज

कांग्रेसका कारण गठबन्धन तोड्नुपरेको भन्ने प्रचण्डको भनाई गलत : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाईमा कुनै सत्यता नरहेको बताएका छन् ।

मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीमाझ उनले सो प्रतिक्रिया दिएका हुन् ।

प्रवक्ता महतले कांग्रेस र कांग्रेसका मन्त्रीहरुले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाईलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताए ।

आफूहरुलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको उनको बुझाई थियो । प्रवक्ता महतले आफूले प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताए।

प्रवक्ता महतले सत्तारुढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरु नै केही भएको पनि दोहोर्‍याए   ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved