मोरङमा किशोरीको हत्या, टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला

नेपालभ्युज

मोरङमा किशोरीको हत्या, टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला

काठमाडौं । मोरङको पथरीमा धारिलो हतियार प्रहार गरी १४ वर्षिया किशोरीको हत्या भएको छ । गए राति १० बजेतिर पथरी शनिश्चरे वडा नम्बर ७ मा अपरिचित व्यक्तिको हतियारबाट ज्ञानमति राईको मृत्यु भएको हो ।

खोटाङ घर भएकी ज्ञानमति २ वर्षदेखि पथरीमा फुपुको छोराको घरमा बसेर पढ्दै थिइन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार हतियार प्रहारबाट ज्ञानमतिको टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको छ ।

कक्षा ७ मा अध्ययनरत राईलाई हत्या गर्ने व्यक्ति र कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved