विलासी जीवन बिताउँछिन् श्रद्धा कपूर

नेपालभ्युज

विलासी जीवन बिताउँछिन् श्रद्धा कपूर

एजेन्सी । श्रद्धा कपूरले बलिउडमा कयौं हिट फिल्ममा काम गरेकी छन् । श्रद्धा अभिनय र क्यूटनेसका कारण धेरै चिनिएकी पनि छन् ।

यी अभिनेत्री कमाईको विषयमा पनि कुनै बलिउड स्टारभन्दा कम छैनन् । रिपोर्ट्अनुसार श्रद्धा कपूर करीब १२३ करोड सम्पत्तिको मालिक हुन् । श्रद्धाले एक फिल्मका लागि ५ देखि ७ करोड रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

त्यस्तै श्रद्धाले ब्रान्ड एन्डोर्समेन्टबाट लगभग ६ करोड रुपैयाँ कमाउँछिन् । श्रद्धाले हालै एक नयाँ लेम्बोर्गिनी खरिद गरेकी छन् । यसबाहेक अभिनेत्रीसँग अन्य कार पनि छन् ।

श्रद्धा कपूर मुम्बईको जुहु इलाकामा एक ठूलो घरमा बस्छिन् । उनी माईग्ल्यामकी ब्रान्ड एम्बेसडर छन् जसमा उनले लगानी समेत गरेकी छन् । यसबाहेक उनले इन्स्टाग्राममा एउटा पोस्ट शेयर गरेको पनि लाखौं रुपैयाँ लिन्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved