टाउकोमा कपाल उमार्न के खानुपर्छ ?

नेपालभ्युज

टाउकोमा कपाल उमार्न के खानुपर्छ ?

एजेन्सी । अहिलेको खराब जीवनशैली र तनावपूर्ण जीवनको कारणले कपाल झर्ने समस्या एकदमै आम भइसकेको छ । यसबाट बच्नका लागि धेरैजसोले हेयर ट्रीटमेन्ट र महंगो उत्पादनहरुको प्रयोग पनि गर्ने गर्छन् ।

कपाल झर्नुका पछाडि विभिन्न कारण हुन सक्छन् । यसको सबैभन्दा आम कारण तनाव, पोषक तत्वको कमी, चायाँ, स्काल्पमा आउने अतिरिक्त तेल, रोग हो ।

जब कुरा नयाँ कपाल उमार्नेको बारेमा आउँछ, सबैभन्दा राम्रो उपाय भनेको तनाव कम लिनु र शरीरलाई सही मात्रामा पोषण दिनु हो ।

यसप्रकारले तपाईं लामो समयसम्म स्वास्थ्य, छाला तथा कपालको ख्याल राख्न सक्नुहुन्छ । आउनुहोस् जानौं फिटनेस विशेषज्ञबाट तीव्र गतिमा कपाल कसरी उमार्न सकिन्छ ।

हरियो तरकारीको सेवन

तपाईं नयाँ कपाल उमार्न चाहनुहुन्छ भने तपाईंले हरियो तरकारी खानुपर्ने हुन्छ । यसले तपाईंको शरीरमा आइरन, क्याल्सियम, भिटामिन सी र भिटामिन ए जस्ता पोषक तत्व पाउन सकिन्छ । यो कपालको स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

गुड

गुड खानु पनि स्वास्थ्यका साथै कपालका लागि पनि फाइदाजनक हुन सक्छ । यसमा पाइने आइरनले कपाललाई झर्न रोक्छ र चमकदार बनाउँछ । गुडको सेवनले कपालको वृद्धि पनि हुन्छ ।

अन्डा

कपाल पनि अन्डाको लागि एकदमै राम्रो मानिन्छ । अन्डामा राम्रो मात्रामा प्रोटिन पाइन्छ । यसले कपाल बलियो, मुलायम र चम्किलो बनाउँछ ।

ड्राई फ्रुट

कपालको राम्रो वृद्धिका लागि ओमेगा ३ फ्याटी एसिड पनि फाइदाजनक हुन्छ । यस्तोमा तपाईं ड्राई फ्रुट जस्तै बदाम, काजु, ओखर आदि खान सक्नुहुन्छ । यिनीहरुमा ओमेगा ३ फ्याटी एसिडको राम्रो मात्रा पाइन्छ ।

अमिलो फल

कपालको ग्रोथको लागि भिटामिन सी पनि एकदमै फाइदाजनक सावित हुन्छ । यस्तोमा तपाईं आफ्नो खानपानमा अमिलो फल पनि समावेश गराउन सक्नुहुन्छ । अमिला फलमा राम्रो मात्रामा भिटामिन सी पाइन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved