पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसम्बन्धी कानून निर्माण हुनुपर्छ : सभामुख घिमिरे

नेपालभ्युज

पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसम्बन्धी कानून निर्माण हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण हुनुपर्ने बताएका छन् ।

सोमबार शहीद यदुकुमार गौतमको २५ औं स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले करिब १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म  न्याय निरुपण गर्ने काम नहुनु दुःखद् भएको बताए ।

घिमिरेले शशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरु आज सरकारमा हुँदा पनि कानून निर्माण नहुनु र पीडितले न्याय नपाउनु दुःखद् भएको बताए ।

शान्ति प्रक्रिया टुंग्याउन २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप वातावरण बनाउन कानून बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरु सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भएपनि हालसम्म कानून नबन्नु दुःखको कुरा भएको उनको भनाई छ ।

सभामुख घिमिरेले कानून निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असरहरु सदाका लागि अन्त्य हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved