संसद बैठक स्थगित

नेपालभ्युज

संसद बैठक स्थगित

काठमाडौं । अचानक परिवर्तन भएको राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको साेमबारको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

“प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति आगामी फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची राखिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved