अफगानिस्तानमा वर्षा, हिमपात र चिसोका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

नेपालभ्युज

अफगानिस्तानमा वर्षा, हिमपात र चिसोका कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

काबुल । अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ। “वर्षा, हिमपात र चिसो मौसमका कारण ३९ जनाको ज्यान भएको छ भने ३० जना घाइते भएका छन्।

‘चिसो मौसमजन्य प्रकोपका कारण ६३७ घरहरु ध्वस्त भएका छन् भने १३ हजार ८८९ वटा गाईवस्तु मरेका छन्,” राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सेकले आइतबार बताएका छन् ।

थप क्षति हुन नदिन प्रशासनले पीडित परिवारलाई खाद्यान्न र उनीहरूका पशुपक्षीलाई घाँस लगायतका खाद्यवस्तु उपलब्ध गराउने तयारी गरिरहेको उनले बताएका छन् ।

अफगानिस्तानका केही भागमा गत आइतबारदेखि भारी वर्षा र हिमपात भइरहेको छ जसले ठूलो क्षति निम्त्याएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved