चलचित्र महाजात्राको ट्रेलर सार्वजनिक

नेपालभ्युज

चलचित्र महाजात्राको ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र महाजात्राको ट्रेलर सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । उक्त कार्यक्रममा  निर्देशक प्रदीप भट्टराईले  पैसा र शक्तिले अहिलेको युवा पुस्तालाई दुरुपयोग गरिरहेको कुरालाई चलचित्रमार्फत समाजमा देखाउनुपर्छ भन्ने उद्देश्यबाट महाजात्रा बनाएको बताए । उनले युवालाई दुरुपयोग गर्न हुँदैन भन्ने हेतुले फिल्म बनाइएको बताए ।

त्यस्तै कलाकार हरिवंश आचार्यले चलचित्रका मुख्य गहना भनेको चलचित्रका पात्रहरु रहेको बताए । उनले महाजात्रामा आफूले अभिनय गर्न पाएकोमा खुशी लागेको बताए ।

चलचित्र महाजात्रा चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । ‘महाजात्रा’ लेखन तथा निर्देशन गरेका प्रदीप भट्टराईले आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको बताए  । कलाकारहरुमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेव लगायतका चलचित्रमा अभिनय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved