दही खान मन पर्छ भने यी नियमलाई अवश्य अपनाउनुहोस्

नेपालभ्युज

दही खान मन पर्छ भने यी नियमलाई अवश्य अपनाउनुहोस्

एजेन्सी । दहीमा धेरै प्रकारका पोषक तत्व, ल्याक्टिक एसिड र एन्टीब्याक्टेरियल गुण पाइन्छन् ।  दहीको सेवन गर्नाले पाचन राम्रो हुन्छ र हड्डी पनि बलियो हुन्छ ।  आउनुहोस् विशेषज्ञबाट जानौं दही खाँदा कस्ता कस्ता कुराहरुलाई ध्यान राख्नु पर्दछ ।

  • रातको समयमा कफ प्रधान हुन्छ त्यसैले दहीले कफ बढाउँछ ।  रातको समयमा दहीको सेवन गर्नबाट बच्नुपर्छ । रातको समयमा दही खाँदा रुघाखोकी तथा साइनसको समस्या बढ्छ ।
  • दैनिक रुपमा दही खानबाट पनि बच्नुहोस् । यसबाहेक तपाईं दही पूर्ण रुपमा तयार नभईकन सेवन नगर्नुहोस् । दही प्रकृतिमा तातो हुने गर्छ र पचाउन पनि भारी तथा कब्जियत निको पार्छ । यस्तोमा तपाईं दहीलाई मही बनाएर पिउन सक्नुहुन्छ ।
  • दहीले शरीरमा कफ बढ्छ । यस्तोमा छाला तथा अन्य एलर्जीको समयमा दहीको सेवन नगर्नुहोस् ।
  • दही आफैमा गरम प्रकृतिको हुन्छ । त्यसैले दहीलाई कहिल्यै उमाल्ने वा पकाउने गर्नु हुँदैन । यसो गर्नाले दहीका राम्रा ब्याक्टेरिया सकिन्छन् । यसले शरीरको रक्त धातु पनि खराब हुन्छ ।
  • तपाईं दहीमा मह, घ्यू, चिनी, हरियो चना तथा अमला राखेर खान सक्नुहुन्छ । यी सबै चीजहरुसँग दहीको सबै दोषहरु सन्तुलित हुन्छन् जसले गर्दा यसको दुष्प्रभाव कम हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved