दुग्ध किसानको आन्दोलन स्थगित, एक महिना भित्र किसानले भुक्तानी पाउने

नेपालभ्युज

दुग्ध किसानको आन्दोलन स्थगित, एक महिना भित्र किसानले भुक्तानी पाउने

काठमाडौं । केहीदिन देखि आन्दोलनरत दुग्ध किसानले आन्दोलन स्थगित गरेका छन् । सरकार र किसानबीच पाँच बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीच वार्ता भएको थियो ।

वार्तामा सरकार र उद्योगले किसानलाई एक महिनाभित्र भुक्तानी दिन सहमति जनाएका छन् ।

वार्तापछि उद्योगीले आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी गरिसक्ने सहमति जनाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।

झण्डै ६ अर्ब रुपैयाँ दूधको भुक्तानी रोकिएको भन्दै किसान तथा सङ्घ सङ्गठनले गएको फागुन १० गते चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोध प्रदर्शन गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved