तोलामा ६ सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved