दूधको भुक्तानी माग्दै कैलालीमा किसानले गरे चक्काजाम, सडकमा पोखियो दूध (तस्वीरसहित)

दुग्ध उत्पादक किसान तथा नेपाल किसान महासंघ कैलालीले अत्तरियामा चक्काजाम गरी विरोध प्रदर्शन गरिरहेका छन् । किसानले सडकमा दूध समेत पोखेका छन्। 

नेपालभ्युज

दूधको भुक्तानी माग्दै कैलालीमा किसानले गरे चक्काजाम, सडकमा पोखियो दूध (तस्वीरसहित)

धनगढी । दुग्ध उत्पादक किसान तथा नेपाल किसान महासंघ कैलालीले अत्तरियामा चक्काजाम गरी विरोध प्रदर्शन गरिरहेका छन् । किसानले सडकमा दूध समेत पोखेका छन्।

लामो समयदेखि दूध बेचेको पैसा नपाएपछि किसानहरूले बिहीबार बिहान १० बजेदेखि पूर्व–पश्चिम राजमार्गमा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले सुदूरपश्चिम प्रदेशमा मात्रै दूध उत्पादक किसानको करिब ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको कारण बाध्य भएर विरोध स्वरूप चक्काजाम गरिएको किसान मदनराज गिरीले बताए ।

उनले असोजदेखि हालसम्म सुदूरपश्चिमका किसानले दूधको पैसा नपाएको बताए । गाईभैसीमा लगानी गरेपनि त्यो अनुसारको राज्यबाट पाउनुपर्ने रकम नपाउँदा समस्या भएको जानकारी दिए ।

दैनिक रुपमा गाईभैसीलाई आहार दिन पैसा आवश्यक पर्ने भएपनि त्यो अनुसारको फाइदा अहिले किसानले लिन नसकेको गिरीको भनाई छ ।

अर्का किसान मोहनराज जोशीले पछिल्लो समय निजी तथा सरकारी स्वामित्वका डेरीले किसानको बक्यौता रकम पनि नदिने र दूध समेत खरिद नगर्दा किसान दूध फाल्न बाध्य भएको बताए ।

किसानहरुले अत्तरिया चोकमा दूध फालेर विरोध गरेका छन् ।

भदौको दोस्रो साता यता फागुन १५ गते सम्मको देशभरका किसानको करिब ७ अर्ब रुपैयाँ डीडीसीमाथि बक्यौता रहेको छ । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन किसानले बिहीबारदेखि पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेको र सरकारले बेवास्ता गरे थप आन्दोलन चकाउने जोशीले बताए ।

नेपाल किसान महासंघले बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, किसानको दूध खरिद गर्नुपर्ने, दूधको विक्री मूल्य निर्धारण गर्नुपर्ने, सम्पूर्ण कृषि उपजको समर्थन मूल्य घोषणा गरी खरिदको व्यवस्था गर्नुपर्ने, बिमित किसानको भुक्तानी नदिने बीमा कम्पनीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved