अनुहारमा पील अफ मास्क लगाउँदा हुने नोक्सान

नेपालभ्युज

अनुहारमा पील अफ मास्क लगाउँदा हुने नोक्सान

एजेन्सी । छालालाई सफा तथा सुन्दर बनाउन महिलाहरु पील अफ मास्कको प्रयोग गर्छन् । तर, यसको अत्यधिक प्रयोगले छालामा नोक्सान पनि पुर्‍याउन सक्छ ।

यदि तपाईंको छाला संवेदनशील छ भने पील अफ मास्कको प्रयोग नगर्नुहोस् । यसले छाला रातो हुने तथा र्‍यासेस आउने समस्या हुन सक्छ ।

त्यस्तै पील अफ मास्कले छालालाई एकदमै सुख्खा बनाउने गर्छ । सुख्खा छाला भएका व्यक्तिले पनि यसको धेरै प्रयोग गर्नु हुँदैन ।

पील अफ मास्कको प्रयोगले छालालाई एकदमै तन्काउँछ जसले गर्दा एलर्जी आउने, दुख्ने तथा चाउरीपन आउन थाल्छ । त्यसैले यसलाई नियमित प्रयोग गर्नु हुँदैन ।

छालामा सीबम भन्ने तत्व हुन्छ जसले चिल्लोपनालाई रोक्ने काम गर्छ । तर, पील अफ मास्कको प्रयोगले सीबमको कमी हुन्छ जसले गर्दा छालामा तेलको कमी हुन्छ ।

पील अफ मास्कबाट हुने नोक्सानीबाट बच्न तपाईले यसलाई ह्वाइट हेड तथा ब्ल्याक हेड आएको स्थान वा मसिनो रौं निकाल्न छ भने त्यस्तो ठाउँमा मात्र लगाउनुहोस् ।

यदि तपाईंको छाला एकदमै पातलो तथा खुकुलो छ भने पनि पील अफ मास्कको प्रयोग गर्नु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved