सिंहदरबार र संसद् घेर्ने भन्दै काठमाडौं आएका प्रदर्शनकारी भण्डारखाल जंगलभित्र प्रहरी-घेरामा (तस्वीरहरू)

सोमबार संसद् भवनभित्र लघुवित्तका ऋणी र मिटरब्याज पीडितहरू प्रवेश गरेपछि प्रशासनले प्रदर्शन गर्न रोक लगाएको छ ।

सिंहदरबार र संसद् घेर्ने भन्दै काठमाडौं आएका प्रदर्शनकारी भण्डारखाल जंगलभित्र प्रहरी-घेरामा (तस्वीरहरू)

काठमाडौं । सोमबार संसद् भवनभित्र लघुवित्तका ऋणी र मिटरब्याज पीडितहरू प्रवेश गरेपछि प्रशासनले प्रदर्शन गर्न रोक लगाएको छ ।

मिटरब्याज पीडित तथा लघुवित्त ऋणीहरू अहिले गौशालाको पर्यटक बसपार्क र भण्डारखाल जङ्गलमा प्रहरीको घेरामा छन् । प्रहरीले उनीहरूलाई त्यहाँबाट बाहिर निस्कन दिएको छैन । उनीहरूले त्यहीँ नाराबाजी गरिरहेका छन् ।

आन्दोलनकारीहरू संसद् भवनमा प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई कडा सुरक्षाबीच राखेको हो । भित्रै खाना पकाउने, खाने, बस्ने र शौच गर्नेसमेत ठाउँ बनाइएको छ । पीडितहरूसँग स-साना बालबालिकासमेत छन् । अधिकांश पीडित तराई क्षेत्रका छन् ।

सोमबार दिउँसो संसद् बैठक चल्दैगर्दा नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह अचानक प्रवेश गरेर नाराबाजी गरेका थिए । सो घटनापछि प्रशासनले संसद् र सिंहदरबारको पर्खालसँग जोडिएको फुटपाथमा हिँड्नसमेत प्रतिबन्ध लगाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved