परराष्ट्रमन्त्री साउद र रुसी सेनामा गएका नेपालीका परिवारबीच भेटवार्ता

नेपालभ्युज

परराष्ट्रमन्त्री साउद र रुसी सेनामा गएका नेपालीका परिवारबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका परिवारबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउद र  रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा भेटवार्ता भएको हो ।   छलफलका क्रममा परराष्ट्रमन्त्री साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकप्रति राज्यको दायित्व रहेको बताएका छन्।

कानुनी बाटोबाट गएको भए हुन्थ्यो । गैरकानूनी बाटोबाट गएका छन् । जसरी गएका भएपनि उनीहरूका प्रति राज्यको दायित्व छ’, परराष्ट्रमन्त्री साउदले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ । उहाँहरूलाई फिर्ता ल्याउन कुनै पनि कमिकमजोरी हुने छैन । इमान्दारितापूर्वक प्रयास गरिरहेको छु । गरिरहने छु ।’

रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले उनीहरूका परिवारलाई जानकारी गराए ।

साउदले छलफलका क्रममा मन्त्रालयअन्तरगतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवदेन दिएको पनि जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved