नेप्से परिसूचक २ हजार विन्दुमा उक्लियो 

नेपालभ्युज

नेप्से परिसूचक २ हजार विन्दुमा उक्लियो 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । आइतबार घटेर १९ सयको विन्दुमा पुगेको नेप्से परिसूचक कारोबारको तेस्रो दिन पुनः २ हजारको विन्दुमा उक्लिएको छ ।

आज ९ दशमलव ३४ अंकले बढेको नेप्से परिसूचक २००१ दशमलव ६४ को विन्दुमा पुगेको छ । मंगलबार ३०८ कम्पनीका ४० हजार ९ सय ५१ पटकको कारोबारमा ५२ लाख ३९ लाख ४ सय १६ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम भने १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ११ अंकले बढेर ३५७ दशमलव ०९ को विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार हुनेमा कर्पोरेट डिभेन्चर क्षेत्र रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved