ग्यास सिलिण्डर पड्किएर बारामा एक जनाको मृत्यु

नेपालभ्युज

ग्यास सिलिण्डर पड्किएर बारामा एक जनाको मृत्यु

बारा । ग्यास सिलिण्डर पड्किएर बारा निजगढ नगरपालिका–५ बस्ने वर्ष ४५ को रेशम मगरको मृत्य भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो १२ बजे निजगढ नगरपालिका–७ निजगढ बजारस्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिलिण्डर पड्किँदा बारा, निजगढ नगरपालिका–५ बस्ने ४५ को सूर्यबहादुर थापा, सामुदायिक प्रसूती गृह अस्पताल निजगढमा, जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–९ बस्ने वर्ष ३४ को फिरोद देवान, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, सोही ठाँउ बस्ने वर्ष २० को रितु रजत, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, भारत, गवाई बस्ने वर्ष ३५ को राकेश जयसवाल र भारत, रामघडवा वर्ष २० को अरविन साह घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved