बैंकिङ क्षेत्र समस्यामा पर्दा सरकारको सहयोग पाएनौंः अध्यक्ष के.सी

नेपालभ्युज

बैंकिङ क्षेत्र समस्यामा पर्दा सरकारको सहयोग पाएनौंः अध्यक्ष के.सी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् । सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सडकबाट नै चल्ने अवस्था आएको गुनासो गरे ।

उनले नेपाली बैंकहरुमा कुनै पनि समस्या  नभएको दाबी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले बैंकहरू सबल अवस्थामा रहेको भन्दै अहिलेको अवस्थामा कुनैपनि बैंक डुब्ने अवस्था नभएको दाबी गरे । उनले डक आन्दोलनमार्फत बैंकको ऋण नतिर्ने भन्ने दबाब भइरहेको बताए । उनले बैंक तथा वित्तीय उद्योगलाई अफ्ठ्यारो अवस्थामा सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पाउन नसकेको दाबी गरे ।

उनले बैंकहरु सबै डुब्न थाले, खतम हुन थाले भन्ने हल्लाले भएपनि बैंकहरु पारदर्शी र सवल रहेको बताए । उनले विश्वका विकसित मुलुकको समेत अवस्था हेर्दा मुख्य सूचकहरुमा बैंकको कर्जाको ब्याजदर घट्न खाजेकाले नेपालमा पनि कर्जामा ब्याजदर कम हुँदै जाने अवस्था आउने बताए । उनले पछिल्लो समय बैंकहरुको खराब कर्जा बढे पनि बैंकहरु धान्न सक्ने अवस्थामा रहेको बताए । उनले समग्रमा ३.४० प्रतिशतले खराब कर्जा बढेको बताए । उनले नेट एनपीए १.४० हुँदा बाहिरबाट हेर्दा खराब कर्जाको अफ्ठ्यारो अवस्था देखिए पनि धेरै ठूलो अफ्ठ्यारो नपरेको उल्लेख गरे। उनले अफ्ठ्यारो अवस्था भएपनि वचतकर्तालाई सुरक्षित गर्ने गरी बैंकहरुले काम गरिरहेको  बताए ।

उनले सरकारको पुँजीगत खर्च बढ्न नसक्दा समस्या भएको बताए । उनले रेमिट्यान्स बढ्दै गइरहेको बताए । उनले वैदेशिक मुद्रा सञ्चिति बढ्नु राम्रो भएपनि यसको प्रयोग गर्न जान्न आवश्यक रहेको बताए । उनले ५ लाखसम्मको निक्षेपको बीमा पनि हुने भएको भन्दै बैंकहरुमा पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved