एनआइसी एसियालाई सीडी रेसियोको नयाँ व्यवस्थाले बचाएको छ : गभर्नर अधिकारी 

नेपालभ्युज

एनआइसी एसियालाई सीडी रेसियोको नयाँ व्यवस्थाले बचाएको छ : गभर्नर अधिकारी 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआइसी एसिया बैंकलाई सीडी रेसियोको नयाँ व्यवस्थाले बचाएको बताएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामाथि भइरहेको चौतर्फी आक्रमणको मुद्दामा केन्द्रित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंकले सीडी रेसियोसम्बन्धी नयाँ व्यवस्था ल्याउँदा त्यसको सबैले विराध गरेको बताउँदै यो व्यवस्था किन ल्याइएको रहेछ बुझ्नुभो भन्दै प्रश्न समेत गरेका छन् ।

‘केन्द्रीय बैंकले सीडीसी रेसियो को ८५ प्रतिशतको व्यवस्था खारेज गर्दै ९० प्रतिशतको सीडी रेसियोको नयाँ व्यवस्था किन गर्‍यो, बल्ल चाल पाउँदै हुनुहुन्छ । सीडी रेसियोको नयाँ व्यवस्था ल्याउँदा विरोध गर्न तपाईँहरू नै लाग्नु भयो । कति आफैले लेख्नुभयो कति अरुलाई लेख्न लगाउनुभयो । खास केन्द्रीय बैंकले यस्तो व्यवस्था किन ल्याएको रहेछ बल्ल चाल पाउनु भयो होला ।’

उनले एनआईसी एसिया बैंकको विरुद्ध विभिन्न आफवाह फैलिएपश्चात् यही छोटो अवधिमा बैंकबाट करिब २७ अर्ब रुपैयाँ रकम विथ ड्र भइसकेको छ । यस्तो कठिन अवस्थामा पनि बैंकलाई सीडी रेसियोको नयाँ व्यवस्थाले बचाइराखेको गभर्नर अधिकारी बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved