राष्ट्रिय सभामा बजेटका सिद्धान्त र प्राथमिकताको छलफल फागुन १७ गतेदेखि

फागुन ३० गते अर्थमन्त्री महतले जवाफ दिने

नेपालभ्युज

राष्ट्रिय सभामा बजेटका सिद्धान्त र प्राथमिकताको छलफल फागुन १७ गतेदेखि
फाइल तस्वीर

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

सोमवारको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका हुन् ।

राष्ट्रिय सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन १७, २७, २९ र ३० गते राष्ट्रिय सभाको बैठकमा छलफल हुने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

उनले छलफलमा उठेका प्रश्नको जवाफ फागुन ३० गते अर्थमन्त्री महतले दिनेछन् ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा मात्र केन्द्रित भइ छलफल हुने र छलफलमा भाग लिन चाहने सदस्यहरुको नाम दलीय प्रतिनिधित्वका आधारमा छलफल भन्दा एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रिय सभामा उपलब्ध गराइदिन तिमिल्सिनाले आग्रह गरे ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन १७ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved