घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved