थपियो ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर 

नेपालभ्युज

थपियो ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ एक्सटेन्सन काउन्टर थपिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको जनाएको छ । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरूको संख्या ६५ पुगेको छ ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved