बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

नेपालभ्युज

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले बालकुमारी घटनामा छानविन आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकार समक्ष माग गरेका हुन् ।

उनले छानविन आयोगले दिएको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषि देखाएको भन्दै मन्त्री ज्वाला नैतिक रुपमा पदमा बस्न नमिल्ने बताए । उनले फागुन ६ गतेको बैठकमा प्रधानमन्त्री स्वयम्ले संसदमा बोल्दै युवाहरुको हत्या भएको बताएको भन्दै हत्या भएको भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने बताए ।

भट्टराईले टेरामक्स प्रकरणमा तत्कालिन सञ्चार मन्त्रीको हैसियतमा हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको संलग्नतामा अख्तियारले बयान लिएको भन्दै मन्त्री बस्नेत पदमा बहाल हुनेकुरा पनि स्वीकार नहुने बताए ।

लुम्बिनीस्थित रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको निर्णयको सम्बन्धमा पनि छानविन गर्न उनले माग गरे । यि सबै विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved