मन मिल्दा खिचेका गोप्य फोटो सम्बन्ध बिग्रिएपछि प्रेमिकाको आफन्तलाई पठाउने प्रेमी पक्राउ

नेपालभ्युज

मन मिल्दा खिचेका गोप्य फोटो सम्बन्ध बिग्रिएपछि प्रेमिकाको आफन्तलाई पठाउने प्रेमी पक्राउ

काठमाडौं । गोप्य भिडिओ तथा फोटाहरू पीडित महिलाका आफन्तलाई पठाउँदै चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भई टोखा नगरपालिका–११ बानियाटार बस्दै आएका २७ वर्षीय किरण थापा छन् ।

उनलाई बुधबार गोङ्गबुबाट केन्द्रीय साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका थापाविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्ध राम्रो हुँदा थापा र एक महिलाबीच गोप्य भिडिओ तथा फोटाहरू साटासाट भएको थियो । सम्बन्ध बिग्रिएपछि ती गोप्य भिडिओ तथा फोटाहरू पीडित महिलाका आफन्तलाई पठाउँदै चरित्र हत्या गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved