एक्लै कसरी खुशी हुने ?

नेपालभ्युज

एक्लै कसरी खुशी हुने ?

एजेन्सी । एक्लोपन सुन्दा एकदमै उदास लाग्छ तर तपाईं एक्लै भएर पनि हरेक समय खुशी रहन सक्नुहुन्छ । यहाँसम्म कि तपाईं पहिलेभन्दा विचारशील तथा धेरै उत्साहित पनि बन्न सक्नुहुन्छ । आउनुहोस्, जानौं कसरी–

एक्लो हुँदा तपाईंले कसैको डिस्टर्ब बिना आफ्नो विशेष ख्याल राख्न सक्नुहुन्छ । यस्तोमा तपाईं आफ्नो स्वास्थ्य तथा स्किन केयर गर्न सक्नुहुन्छ । जसले तपाईंलाई सुन्दर, स्वस्थ बनाउनुका साथै आत्मविश्वास पनि जगाउँछ ।

एक्लोपनमा यत्तिकै तनाव लिएर बस्नु तथा सामाजिक मिडिया चलाएर बसिरहनु भन्दा आफूलाई नै डेट गर्नुहोस् । अर्थात आफ्नो लागि राम्रो तथा मन पर्ने खाना बनाएर खानुहोस्, सरसफाई गर्नुहोस् र घरलाई सजाउनुहोस् । आफू पनि तयार भएर सफा घरलाई हेर्दा छुट्टै आनन्द आउँछ ।

त्यस्तै, तपाईं एक्लै भएको बेला आफ्नो स्वास्थ्यको ख्याल गर्नका लागि व्यायाम पनि गर्न सक्नुहुन्छ । यसले मनमस्तिष्कसँगै शारीरिक स्वास्थ्यलाई राम्रो बनाउँछ र तपाईं भित्रैदेखि राम्रो महसुस गर्नुहुनेछ ।

नियमित कामबाहेक आफ्नो रुचीको कामका लागि पनि थोरै समय दिनुहोस् । जस्तो तपाईंलाई गीत सुन्न, नृत्य गर्न, चित्र बनाउन आदि जस्ता काम घरमै बसेर पनि गर्न सक्नुहुन्छ ।

हरेक दिन केही नयाँ सिक्ने प्रयास गर्नुहोस् । खासगरी तपाईं जब एक्लै हुनुहुन्छ त्यतिबेला नयाँ कुरा सिक्न ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । तपाईं अहिले इन्टरनेटको माध्यमबाट धेरै काम तथा कला सिक्न सक्नुहुन्छ ।

तपाईं ‘सोलो ट्रिप’ जान पनि सक्नुहुन्छ । यसले तपाईंमा आत्मविश्वास वृद्धि हुन्छ र पहिलेभन्दा धेरै ताजा महसुस गर्नुहुनेछ ।

एक्लो हुँदा तपाईं आफ्नो घरवरिपरि बगैंचा, बाल्कोनी घुमेर पनि बस्न सक्नुहुन्छ । यदि घरमा बोटविरुवा लगाउने ठाउँ छ भने त्यहाँ पनि समय बिताउन सक्नुहुन्छ । यसले मनको तनावबाट छुट्कारा पाउनुका साथै आनन्द प्राप्त हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved