सर्लाहीमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु, ६ घाइते

नेपालभ्युज

सर्लाहीमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु, ६ घाइते

काठमाडौं । सर्लाहीको बरहथवामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

दुर्घटनामा ट्याक्टर चालक रौतहट गढीमाईका ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा गढीमाई नगरपालिकाका १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, १७ वर्षीय आकाश सहनी, ४५ वर्षीय सुकल देवी, १६ वर्षीया अञ्चला कुमारी र १८ वर्षीया नितेश सहनी घाइते भएका हुन् ।

रौतहटबाट सर्लाहीको हजरियातर्फ जादै गरेको ट्याक्टर बुधबार अनियन्त्रित भई बागमती नदीको नहरमा खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved