मधेस प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना, उच्च भेगमा हिमपात

नेपालभ्युज

मधेस प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना, उच्च भेगमा हिमपात

काठमाडौ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू – भागको मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चटयाङ सहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

पश्चिमी वायुको प्रभावका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved