टुँडिखेलमा मनाइयो ७४औं प्रजातन्त्र दिवस (तस्वीरहरु)

टुँडिखेलमा मनाइयो ७४औं प्रजातन्त्र दिवस (तस्वीरहरु)

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७४ औँ प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरू, सेना र प्रहरी प्रमुखहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

समारोहमा सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लेखिएको ब्यानर अंकित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको छ।

समारोहमा विभिन्न झाँकीहरुको प्रदर्शन समेत गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved