फलोअप: डीएसपीको धाक लगाउँदै मधेसीलाई दुर्व्यवहार गर्ने नेताका छोरा पक्राउ

मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपालभ्युज डटकममा दुर्व्यवहारको भिडिओसहित समाचार प्रकाशन भएपछि ती व्यक्तिको परिचय खुलेसँगै पक्राउ परेका हुन् । उनी धनगढी घर भई काठमाडौं बस्ने प्रवीण श्रेष्ठ हुन् ।

नेपालभ्युज

फलोअप: डीएसपीको धाक लगाउँदै मधेसीलाई दुर्व्यवहार गर्ने नेताका छोरा पक्राउ

काठमाडौं । काठमाडौंमा कार चलाइरहेका मधेसी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

नेपालभ्युज डटकममा दुर्व्यवहारको भिडिओसहित समाचार प्रकाशन भएपछि ती व्यक्ति पक्राउ परेका हुन् ।

उनी धनगढी घर भई काठमाडौं बस्ने प्रवीण श्रेष्ठ हुन् । उनलाई पक्राउ गरिएको दरबारमार्ग प्रहरीले जनाएको छ ।

पीडित वीरजग्ज घर भई कुलेश्वर बस्ने अंकित गुप्ता हुन् । उनले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रवीण श्रेष्ठले अंकित गुप्ताको नागरिकता माग्दै दुर्व्यवहार गरेका थिए । घटना गएराति (शनिबार राति)को हो ।

गाडी चलाउँदै गर्दा लाजिम्पाटको होटल साङ्ग्रिला अगाडी दुईबीच भेट भएको थियो । ओभरटेक गरेको भन्दै प्रवीण श्रेष्ठले अंकित गुप्तालाई वाक्यपिच्छे अपशब्द बोल्दै धम्काएका थिए ।

मधेसीसँग सडकमै नागरिकता माग्दै दुर्व्यवहार, आफूलाई डीएसपी भन्ने को हुन् यी व्यक्ति र (भिडिओ)

प्रवीण श्रेष्ठले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका थिए । उनले भनेका थिए, ‘‘नेपाली नागरिकता छ कि छैन ? मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् ? आइडी हेर्छस् डीएसपीको ? लगेर थुन्दिऊँ ?’’

उनले आफूलाई डीएसपी भएको बताए पनि सर्वसाधारण भएको प्रहरीले जनाएको छ । प्रहरीले भनेको छ, ‘‘धनगढीका प्रविन श्रेष्ठ स्थानीय कांग्रेस नेताको छोरा रहेको खुलेको छ । उनी प्रहरी होइनन् ।’’

पक्राउ परेका प्रवीण श्रेष्ठलाई अभद्र व्यवहार कसुरका साथै मधेसी समुदायप्रति घृणा वा द्वेष फैलाएको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले धम्क्याएको भिडिओ फेसबुकलगायत सामाजिक सञ्जालमा भाइरल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved