मधेसीसँग सडकमै नागरिकता माग्दै दुर्व्यवहार, आफूलाई डीएसपी भन्ने को हुन् यी व्यक्ति ? (भिडिओ)

मधेसी युवा आफ्नी पत्नीसँग छन् । औँलो ठड्याएर अर्का व्यक्तिले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका छन्, ‘‘नेपाली नागरिकता छ कि छैन ? मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् ? आइडी हेर्छस् डीएसपीको ? लगेर थुन्दिऊँ ?’’

नेपालभ्युज

मधेसीसँग सडकमै नागरिकता माग्दै दुर्व्यवहार, आफूलाई डीएसपी भन्ने को हुन् यी व्यक्ति ? (भिडिओ)

काठमाडौं । काठमाडौंमा कार चलाइरहेका कालोवर्णका युवालाई पहाडी समुदायका व्यक्तिले नागरिकता माग्दै दुर्व्यवहार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । मधेसी युवालाई भएको दुर्व्यवहारको भिडिओ भने कहिले र कहाँको हो भन्ने खुलिसकेको छैन ।

पीडित व्यक्ति र धम्काउने व्यक्ति दुवैको परिचय खुल्न बाँकी छ । सामाजिक सञ्जालमा भाइरल भिडिओको संवाद सुन्दा काठमाडौंको जस्तो बुझिन्छ । सडकमा अपरिचित दुई कारचालकबीचको नोकझोक देखिन्छ ।

मधेसी युवा आफ्नी पत्नीसँग छन् । पहाडी अनुहारका दोस्रो व्यक्तिले मधेशीलाई वाक्यपिच्छे अपशब्द बोलिरहेका छन् ।

औँलो ठड्याएर ती व्यक्तिले आफू प्रहरीको डीएसपी भन्दै धम्क्याएका छन्, ‘‘नेपाली नागरिकता छ कि छैन ? नेपाली नागरिकता छ कि छैन ? मेरो गाडी ठोक्किएको भए तैँले तिर्छस् ? आइडी हेर्छस् डीएसपीको ? लगेर थुन्दिऊँ ?’’

धम्की आएपछि मधेसी युवा मोबाइल फोन झिकेर कसैलाई फोन गर्न लाग्छन् । त्यो देखेर अर्का व्यक्ति भन्छन्, ‘‘डीआइजीलाई फोन गर्छस् ? म गर्छु फोन । तँ जान्छस् कि बोलाऊँ पुलिस् ?’

मधेसी भन्छन्, ‘‘म जाँदिन । पुलिस बोलाउनुस् ।’’

दोस्रो व्यक्ति अपशब्दले गाली गर्दै भन्छन्, ‘‘रोकिराख तेरो हाल अब के हुन्छ ? ब्लुबुक छ कि छैन ? ’’

यत्ति उनले भनेर मधेसी युवालाई फोन समेत गर्न दिँदैनन् । उनले धम्काउँदै भन्छन्, ‘‘लाइसेन्स रेडी गर । ब्लुबुक रेडी गर । बग्गीखाना पुर्‍याइदिन्छु गाडी ।’’

यो भिडिओ फेसबुकलगायत सञ्जालमा भाइरल छ । धम्क्याउने व्यक्तिलाई अभद्र व्यवहार कसुरका साथै मधेसी समुदायप्रति घृणा वा द्वेष फैलाएको कसुरमा कारबाही हुनुपर्ने माग उठेको छ ।

भिडिओ शेयर गर्दै सीके राउत नेतृत्वको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव सम्बन्धित निकायले घटनामा संलग्न व्यक्ति पत्ता लगाएर कारबाही गर्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘‘मधेसी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग हुनु संविधान र कानुन विपरीतको काम हो । कालो वर्णको मानिस देख्दैमा नेपाली भन्नेमा आशंका गरेर नागरिकमा माग्नु झन् ठुलो अपराध हो । प्रशासनले समेत विशेष कामबाहेक जथाभाबी माग्न पाउँदैन । सार्वजनिक ठाउँमा आफ्नी श्रीमतीसँग हिँडिरहेकालाई अश्लील शब्द प्रयोग गरेर नागरिकता माग्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिनुपर्छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved