विश्वासको मत दिन प्रदेश सभामा मुख्यमन्त्री यादवको प्रस्ताव

नेपालभ्युज

विश्वासको मत दिन प्रदेश सभामा मुख्यमन्त्री यादवको प्रस्ताव

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव प्रस्तुत गरेका छन् ।

जनमत पार्टीको अवरोधपछि झण्डै दुई घण्टा अवरुद्ध हुन पुगेको प्रदेशसभामा मुख्यमन्त्री यादवले विश्वासको मत दिन आग्रह गरेका हुन् । उनको प्रस्तावमा अहिले प्रदेशसभा सांसहरुले धारणा राखिरहेका छन् ।

नेकपा एमाले र जनमतले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने तयारी गरेका छन् ।

दिउँसो २ बजे बसेको पहिलो बैठकमा जनमत पार्टीका सांसदहरुले मुख्यमन्त्री यादवले विश्वासको मत लिनुअघि माफी माग्नु पर्ने अडान लिँदै अवरोध गरेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । प्रदेशसभा सुरु हुनसाथ जनमतका सांसदहरुले उभिएर विरोध जनाएका थिए।

उनीहरूले सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको शिलान्यासको क्रममा माघ ८ गते जनमत पार्टीका तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेश यादव र सांसहरुमाथि भएको आक्रमणको विषयमा मुख्यमन्त्रीसँग जवाफ मागेका थिए।

जसपा अध्यक्ष उपेन्द्र यादवले विश्वविद्यालय शिलान्यास गर्न खोज्दा भएको झडपमा मन्त्री यादवको टाउको फुटेको थियो भने जनमतका सांसदहरु समेत घाइते भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved