मुख्यमन्त्री यादवलाई एमाले र जनमतले विश्वासको मत नदिने

नेपालभ्युज

मुख्यमन्त्री यादवलाई एमाले र जनमतले विश्वासको मत नदिने

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि मधेस प्रदेश सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई गठबन्धन बाहेकका नेकपा एमाले र जनमत पार्टीले विश्वासको मत नदिने तयारी गरेका छन् । जनमतले सरकार छाड्दै समर्थनसमेत फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् ।

जनमत पार्टीले माघ ९ गते सरकार छाडेको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

एमाले र जनमत पार्टीले पक्षमा मतदान नगरे पनि मुख्यमन्त्री यादव नेतृत्वको सरकार ‘कम्फरटेवल’ अवस्थामा छ । प्रदेशमा सभामुखबाहेक एमालेको २३ र जनमत पार्टीको १३ सिट छ ।

मधेस प्रदेश सरकारमा रहेका दलहरू कांग्रेस, जसपा, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ६५ प्रदेश सांसदको समर्थन मुख्यमन्त्रीलाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved