एजेन्सी । ब्रेस्टको सुरक्षा र राम्रो सेप दिन महिलाले पूरा दिन ब्रा लगाउने गर्दछन् । लामो समय ब्रा लगाइराख्दा छटपटी महसुस पनि हुने गर्छ ।
यस्तोमा यो जान्न एकदमै जरुरी छ कि महिलाले दिनमा कति घण्टा ब्रा लगाउनु पर्दछ ।
ड्रेस राम्रो देखाउन कतिपय महिला कसिलो ब्रा लगाउने गर्छन् । यस्तो ब्रा लगाएको केहीबेर पछि नै उनीहरुलाई असजिलो महसुस हुन थाल्छ ।
सुन्दर देखिन वा कपडा सुहाउँदो देखाउनका लागि कसिलो ब्रा दिनभर लगाउनुहुन्छ भने यस्तो गल्ती नगर्नुहोस् । यसले स्वास्थ्यमा पनि नोक्सान पुर्याउन सक्छ ।
२४ घण्टा ब्रा लगाइरहनुहुन्छ भने छालाले स्वास लिन पाउँदैन । तपाईंलाई छालासँग जोडिएका समस्या हुन सक्छन् । त्यसैले कतै काममा वा अफिसमा गएर घर फर्किएपछि तुरुन्तै ब्रा खोल्नुपर्दछ ।
दिनभर कसिलो ब्रा लगाइरहँदा ब्रेस्टमा धेरै दबाब पर्छ । जुन राम्रो हुँदैन । त्यसैले ८ देखि १० घण्टाभन्दा लामो समय ब्रा लगाउनु हुँदैन ।
ब्रा कति समय लगाउने भन्ने विषय यसको क्वालिटीमा पनि भर पर्छ । सिल्कबाट बनेका तथा कसिलो ब्रा लामो समय लगाउनु हुँदैन ।
सुतीको हल्का खालको ब्रा भने लामो समय लगाउन सक्नुहुन्छ । ब्रा कति सजिलो छ, तथा ब्रेस्ट र छालामा सजिलो भएको छ वा छैन भन्ने हेरेर यसको समय तय गर्नु पर्छ ।
Facebook Comment
Comment