तोसिमा कार्कीको माग: संघीयमन्त्री निवास वरपरका स्थानीयको माग तत्काल सम्बोधन गर्नुपर्छ

नेपालभ्युज

तोसिमा कार्कीको माग: संघीयमन्त्री निवास वरपरका स्थानीयको माग तत्काल सम्बोधन गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले स्थानीयले सो मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन् ।

स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर स्थानीयले उचित बाटोको व्यवस्था गर्न राखेको माग सम्बोधन नगर्ने काम सरकारले गर्न नहुने सांसद कार्कीको भनाइ थियो ।

उनले काठमाडौं–तराई फाष्ट ट्रयाक र सुख्खा बन्दरगाह संचालनमा आएपछि सो बाटो धेरै साँघुरो हुने भएकाले पनि सरकारले त्यसलाई फराकिलो हुनेगरी बनाउनु पर्ने माग राखिन् ।

सांसद कार्कीले भनिन्, ‘सडक दुर्घटनाको सम्भावना बढ्दो छ । ५ वर्ष भइसक्यो, स्थानीयले कुरा उठाएको । मैले पनि पटकपटक पत्र लेखेको छु । राष्ट्रिय सभा दिगो विकास समितिले २०७८ मा नै निर्देशन दिएको छ । मन्त्री पनि ५ पटक, ६ पटक फेरि सके । बाटोको अवस्था भने फेरिएन ।’

सांसद कार्कीले सडक दुर्घटनाको सम्भावनालाई ध्यानमा राखेर पनि सरकारले सो मन्त्री निवास वरपरको बाटोको उचित व्यवस्था गर्नुपर्ने उल्लेख गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved